मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता धार्मिक क्षेत्र र रमणीय यात्राको योग छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तसँग भेटघाट हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । झैझमेलाको अवस्था आउला । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो सातामा परिवारजनको साथले नयाँ आशा पलाउनेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मनोरञ्जनमा पनि सहभागी भइनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । साताको मध्यमा शेयर बजारले साथ नदेला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा प्राविधिक काममा बढी सफलता मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । आँटेको र ताकेको कार्य पुरा हुन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभ कार्यमा सरिक भइनेछ । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । पुँजी बजारको लगानीमा पनि विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । कुनै कुराले मनखुसी र प्रसन्न पनि रहनेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
प्रतिक्रिया