Pura Samachar

अफगानिस्तानसँग २१ रनले पराजित भएसँगै अस्ट्रेलियाले अन्तिम खेलको नतिजा कुर्नुपर्ने

प्रकाशित: June 23, 2024
पूरा समाचार

अफगानिस्तानसँग २१ रनले पराजित भएसँगै अस्ट्रेलियाले अन्तिम खेलको नतिजा कुर्नुपर्ने

काठमाडौं। अस्ट्रेलियाले एक खेलअगावै आइसिसी ट्वान्टी– २० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने मौका गुमाएको छ।

आइतबार बिहान सम्पन्न सुपर एटको दोस्रो खेलमा अफगानिस्तानसँग २१ रनले पराजित भएसँगै अस्ट्रेलियाले अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको हो। अस्ट्रेलियाले अन्तिम खेल भारतसँग खेल्ने छ।

जितसँगै सुपर एटको समूह १ मा अफगानिस्तानले दुई अंक जोडेको छ। यद्यपि, अफगानिस्तान अस्ट्रेलियासँग रनरेटमा पछाडि छ। यो समूहबाट भारत सेमिफाइनलमा पुगिसकेको छ।

अंकविहीन बंगलादेश भने प्रतियोगिताबाट बाहिरिसकेको छ। अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए। ४१ बल खेलेका उनले ६ चौका र तीन छक्का प्रहार गरे। कप्तान मिचेल मार्श १२ र मार्कस स्टोनियस ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अफगानिस्तानका गुलबदीन नईबले सर्वाधिक चार विकेट लिए। नवीन उल हकले तीन विकेट लिँदा अजमतउल्लाह ओमरजाई र मोहम्मद नबीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि  टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तान निर्धरित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।

प्रतिक्रिया