Pura Samachar

उरुग्वे जारी कोपा अमेरिकामा विजयी शुरुवात

प्रकाशित: June 24, 2024
पूरा समाचार

उरुग्वे जारी कोपा अमेरिकामा विजयी शुरुवात

काठमाडौँ – उरुग्वेले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । समूह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।

यो जितपछि उरुग्वेले समूह सी मा महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोहि दिन अमेरिकासँग खेल्ने छ ।

प्रतिक्रिया