
काठमाडौं । अस्ट्रेलियाका ओपनर ब्याटर डेभिड वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यासको घोषणा गरेका छन्।
अमेरिका र वेस्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्।
अस्ट्रेलिया सोमबार बेलुका भएको खेलमा भारतसँग पराजित भएको थियो। जुन खेलमा वार्नरले ६ बलमा मात्रै ६ रन जोडेका थिए। यो नै उनको अन्तर्राष्ट्रिय टी–२० करियरको अन्तिम इनिङ्स बन्न पुग्यो।
प्रतिक्रिया