Pura Samachar

टि:२०विश्वकपको पहिलो सेमिफाइनल : भाेलि अफगानिस्तान दक्षिण अफ्रिका खेल्दै

प्रकाशित: June 26, 2024
पूरा समाचार

टि:२०विश्वकपको पहिलो सेमिफाइनल : भाेलि अफगानिस्तान दक्षिण अफ्रिका खेल्दै

सन् १९९९ को विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका सानदार लयमा थियो। सुपर सिक्स चरणमा अस्ट्रेलियासँग खेल भएको थियो। हर्सल गीब्सको १०१ रनको योगदानमा दक्षिण अफ्रिकाले २७१ रनको योगफल खडा गरेको थियो। जवाफमा ब्याटिङ गरेको अस्ट्रेलियाले एडम गिलक्रिस्ट, मार्क वाँ र डामियन मार्टिनलाई सुरुमै गुमाएपछि अस्ट्रेलियाले ४८ रनमा ३ विकेट गुमाइ सकेको थियो।

लान्स क्जुनलरको बलमा ११ रन बनाएको स्टिभ वाको हातैमा आएको क्याच गीब्सले राम्रोसँग नियन्त्रणमा नलिई खुसीयाली मनाउ खोज्दा फुत्किएको थियो। वाँले १२० रन बनाए। उनकै कारण अस्ट्रेलियाले जीत हात पारेको थियो। यी दुवै टोली सेमिफाइनलमा प्रवेश गरे। सेमिफाइनलमा अर्को एउटा नाटक भएको थियो।

 

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २१३ रन बनाएको थियो। जवाफमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ बल बाँकी रहँदा २१३ रन नै जोडेको थियो। १६ बलमा ३१ रन बनाएका लान्स क्जुजनर क्रिजमा थिए। डामियन फ्लेमिङको बलमा नन स्ट्राइकिङ क्रिजमा रहेका एलन डोनाल्ड कुदेका थिए। उनी रन आउट भए। खेल बराबरीमा सकियो ।

प्रतियोगितामा त्यस अघि भएको खेलमा अस्ट्रेलियाले जितेकै कारण सो टोली फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै उपाधि जित्न सफल भएको थियो। त्यस पछि लगातार तीन पटक अस्ट्रेलियाले विश्वकप उपाधि जितेको होे। दक्षिण अफ्रिका भने अहिलेसम्म फाइनल प्रवेश गर्न नै असफल भएको छ।

दक्षिण अफ्रिकाको विश्वकप क्रिकेटमा माथिल्लो स्थान नै सेमिफाइनल हो। प्रतिबन्धबाट फुकुवा भएर पहिलो पटक विश्वकप खेलिरहेको दक्षिण अफ्रिका सन् १९९२ मा सेमिफाइनलमा इङ्गल्यान्डबाट रिभाइज्ड टार्गेटको कारण बाहिरिएको थियो। वर्षा दक्षिण अफ्रिकी हारको मुख्य कारण थियो।

दक्षिण अफ्रिका सन् २००७ मा पनि सेमिफाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो। त्यसपछि लगातार दुई संस्करण न्यूजील्यान्डबाट हारेर दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको हो। २०२३ को विश्वकप सेमिफाइनलमा दक्षिण अफ्रिका फेरि एक पटक सेमिफाइनलमा अस्ट्रेलियासँग नै पराजित भयो।

जारी विश्वकपमा बङ्गलादेश र अफगानिस्तान बिचको सुपर एटको अन्तिम खेल अस्ट्रेलियाका लागि पनि महत्त्वपूर्ण थियो। बङ्गलादेशको जीतले फेरी एक पटक दक्षिण अफ्रिकी भिडन्त अस्ट्रेलियासँग नै हुने थियो।

चालु टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले ७ खेल लगातार जितेको छ। यी मध्येका ६ अत्यन्त प्रतिस्पर्धात्मक छन्। यी मध्यको कुनै पनि हारले दक्षिण अफ्रिकालाई प्रतियोगिताबाट बाहिर पठाउन सक्थ्यो। अथवा एक हारले समूहमा दोस्रो भएर सेमिफाइनलको भारतको सामना गर्ने आउँथ्यो। भारतसँग पनि दक्षिण अफ्रिकाको हेड टु हेड नतिजा धेरै वर्ष अघिदेखि खराब रहँदै आएको छ। दक्षिण अफ्रिका र भारत बिच एक दिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्म ६ पटक भेट भएको छ। यी ६ पटकमा सन् १९९२, १९९९ र २०११ (विश्वकपमा भारतले उपाधि जित्यो)मा दक्षिण अफ्रिका विजयी भएको थियो। त्यसपछिका २०१५, २०१९ र २०२३ ले सफलता पाएको छ। सन् २०२३ को एक दिवसीय विश्वकपमा त दक्षिण अफ्रिका एकदमै फराकिलो अन्तरले हारेको थियो।

 

टी-२० विश्वकपको पहिलो संस्करणमा दक्षिण अफ्रिका भारतसँग नै पराजित भएर बाहिरिएको थियो।

दोस्रो टी-२० विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलबाट बाहिरिएको थियो। त्यस प्रतियोगितामा पाकिस्तान दक्षिण अफ्रिका माथिको जीतसहित फाइनल प्रवेश मात्र गरेन, उपाधि नै जित्न सफल भएको थियो। सन् २०१२ पनि सुपर एटमा अस्ट्रेलिया र भारतसँग नै दक्षिण अफ्रिका पराजित भएको थियो। २०१४ को टी-२० विश्वकप सेमिफाइनलमा पनि दक्षिण अफ्रिका सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।

सन् २०२१ मा पनि अस्ट्रेलियासँग सुपर-१२ मा दक्षिण अफ्रिकासँग भेट भएको थियो। सो खेलमा अस्ट्रेलिया विजयी भएको थियो। यस्तो संयोग भयोकी सुपर-१२ पनि ४ खेल जितेको दक्षिण अफ्रिका एउटै हारले बाहिरिएको हो।

 

प्रतिक्रिया