Pura Samachar

कोपा अमेरिका फुटबलमा क्यानडाको पहिलो जित

प्रकाशित: June 26, 2024
पूरा समाचार

कोपा अमेरिका फुटबलमा क्यानडाको पहिलो जित

काठमाडौं– कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा पेरुलाई १–० गोलले हराउँदै क्यानडा विजयी भएको हो ।

क्यानडाका लागि जोनाथन डेभिडले एक गोल गरेका थिए । उनले खेलको ७४औँ मिनेटमा गरेको गोल नै क्यानडाको जितका लागि निर्णायक बनेको थियो ।

खेलको ५९औँ मिनेटमा मिगुएल अराउजोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि पराजित भएको पेरु १० जनामा सिमित भएको थियो ।

यो जितसँगै क्यानडा ३ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित भएको पेरु १ अंकसहित पुछारमा छ । यस्तै अर्जेन्टिना ४ अंक जोडेर शीर्षस्थानमा छ । २ अंक भएको चिली तेस्रो स्थानमा छ ।

प्रतिक्रिया