Pura Samachar

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा

प्रकाशित: June 26, 2024
पूरा समाचार

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा

काठमाडौं। लाउटारो मार्टिनेजको निर्णायक गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ।

मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलअन्तरले पराजित गरेको हो।

 

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको थियो।

चिली भने पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो। अर्जेन्टिनाका मार्टिनेजले खेलको ८८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

प्रतिक्रिया