Pura Samachar

कोहिमामा निरन्तर रूपमा पानी पर्दै

प्रकाशित: June 28, 2024
पूरा समाचार

कोहिमामा निरन्तर रूपमा पानी पर्दै

डा .हरिमोहन पोखरेल                                                                    कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा एवं अन्य जिल्लामा पनि निरन्तर रूपमा पानी परेको समाचार छ ।
मौसम विभागले गराएको जानकारी अनुसार पानी आगामी केही दिन सम्म निरन्तर पर्ने छ ।
विभागले दिएको अन्य जानकारी अनुसार मानसुन सुरु भएको छ ।त्यसले गर्दा पनि पानी कहिले पर्ने र रोकिने हो भन्ने अनुमान लगाउन सकिन्न ।
निरन्तर रूपमा पानी परेकोले एकातिर खेतीपाती गर्नेहरू खुशी छन भने बजार व्यवस्थामा भने निकै प्रभाव परेको कुरा सुन्नमा आएको छ ।
हेर्दै जाउ पानी कहिले सम्म पर्ने हो र बजार व्यवस्थामा कहिले सुधार हुने हो ।त्यो त आउने भविष्यले बताउने छ ।

प्रतिक्रिया