Pura Samachar

मणिपूर सरकारको केबिनेटको बैठक सम्पन्न

प्रकाशित: June 29, 2024
पूरा समाचार

मणिपूर सरकारको केबिनेटको बैठक सम्पन्न

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्य सरकारले हिजो आफ्नो केबिनेटको बैठक गर्दै राज्यमा शान्ति र स्थिरता ल्याउनको लागि पहल गरिने कुरा गरेको छ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सरकारले राज्यमा अशान्ति फैलाउने तत्वहरुलाई समाप्त पारिने एवं एउटा् ठोस कदम उठाउने कुरा गरेको छ ।
बैठक पछी राज्यका मुख्यमन्त्रीले भने कि हामीले कुनै न कुनै ठोस पाइला चाल्ने कुरा गरेका हु।जसले गर्दा राज्यमा शान्ति स्थापित होस र भाइचारा बढयोस ।
उनलेे अगाडि थपे कि आपसी भाइचारा र सौहार्दपूर्ण वातावरण भंग गर्ने प्रयास गरेमा परिणाम राम्रो नहुने कुरा पनि उनलेे जनाए ।
स्मरण रहोस मणिपूरमा अशान्ति नभएको एक वर्ष पार लाग्दा पनि वातावरणमा परिवर्तन नआउनु एउटा अनौठो कुरा होइन ।

प्रतिक्रिया