Pura Samachar

भारतीय क्रिकेटर रोहित शर्मा र  विराट कोहलीले विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

प्रकाशित: June 30, 2024
पूरा समाचार

भारतीय क्रिकेटर रोहित शर्मा र  विराट कोहलीले विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं : भारतीय क्रिकेटर रोहित शर्मा र  विराट कोहलीले विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।  भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन् ।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको अन्तिम खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्यो। म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।

त्यस्तै भारतीय क्रिकेट टोली विश्व च्याम्पियन बनेपछि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका हुन् । भा

भारतीय टोलीले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो जसमा विराट कोहलीले ७६ रनको इनिङ खेलेका थिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिएका थिए ।

उनले भने, ‘हामी यो कप उठाउन चाहन्थ्यौं। हामीले हारेको भए मैले सन्या लिने घोषणा गर्ने थिए। अब अर्को पुस्तालाई पालो दिने समय आएको छ। टी-२० खेललाई अगाडि बढाउन लामो समय लाग्छ।’

प्रतिक्रिया