Pura Samachar

सुनको भाउ सामान्य वृद्धि

प्रकाशित: June 30, 2024
पूरा समाचार

सुनको भाउ सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४१ हजार ३०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिन १ हजार ७९० रुपैयाँमा किनबेच भएका थियो । आजका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया