Pura Samachar

आज साबिक उपविजेता इङ्ल्यान्ड र स्लोभाकिया भिड्दै

प्रकाशित: June 30, 2024
पूरा समाचार

आज साबिक उपविजेता इङ्ल्यान्ड र स्लोभाकिया भिड्दै

काठमाडौं। युरो कपअन्तर्गत अन्तिम १६ मा आइतबार साबिक उपविजेता इङ्ल्यान्ड र स्लोभाकिया भिड्दै छन्।

वेल्टिन्स–एरिनामा हुने यो खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ। समूह सी मा बाट इङ्ल्यान्ड विजेता रूपमा अन्तिम १६ मा पुगेको हो।

 

समूहचरणको पहिलो खेलमा सर्बियालाई १–० गोलअन्तरले पराजित गरेको इङ्ल्यान्ड दोस्रो खेलमा डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

त्यस्तै, समूअचरणको अन्तिम खेलमा पनि इङ्ल्यान्ड सोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो। समूह ई बाट स्लोभाकिया उत्कृष्ट तीनमा रहेर अन्तिम १६ मा पुगेको थियो।

स्लोभाकियाले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गरेको थियो भने रोमानियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो। त्यस्तै, युक्रेनसँग भने २–१ गोलअन्तरले पराजित भएको थियो।

प्रतिक्रिया