काठमाडौं । सोमबार सुनको मूल्य स्थिर छ । आज छापावाला सुनको मूल्यमा कुनै थपघट भएको छैन्।
आइतबार १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । आजका लागि पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ ।
साताको दोस्रो कारोबार दिन पनि चाँदीको मूल्य स्थिर नै छ । आजका लागि चाँदीको भाउ प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ। चाँदी गत शुक्रबारदेखि स्थिर नै छ ।
प्रतिक्रिया