Pura Samachar

त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

प्रकाशित: January 4, 2021
पूरा समाचार

त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोली र पेस्तोसहित एकजना पक्राउ परेका छन् ।

काठमाडौंबाट झापाको भद्रपुर जानलागेका एक जनालाई विमानस्थल सुरक्षामा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

२० वर्षीय वृजहाङ राई नाम गरेका ती व्यक्ति सोमबार मध्याह्‍न १२:३५ को उडानमा भद्रपुर जान लागेका थिए ।

विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो ।

अहिले राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया