Pura Samachar

कोसी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना

प्रकाशित: July 2, 2024
पूरा समाचार

कोसी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । आइतबार साँझ एक विशेष बुलेटिनमार्फत महाशाखाले मनसुन थप सक्रिय हुने भएकाले  सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार सोमबारदेखि बिहीबारसम्म देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक‍–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।

साथै, कोसी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोसीका १३, वाग्मतीका चार, गण्डकीका आठ र लुम्बिनीका ९ गरी कुल ३४ जिल्लालाई वर्षाको उच्च जोखिममा राखेको छ ।

महाशाखाले सोमबारदेखि बिहीबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया