Pura Samachar

ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वार्टरफाइनलमै भिड्ने

प्रकाशित: July 3, 2024
पूरा समाचार

ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वार्टरफाइनलमै भिड्ने

काठमाडौं। ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वार्टरफाइनलमै भिड्ने भएका छन्।

बुधबार बिहान सम्पन्न समूह डी को अन्तिम खेलमा कोलम्बियासँग १-१ गोलको बराबरी खेल्दै ब्राजिलले उरुग्वेसँगको भेट पक्का गरेको हो।

 

ब्राजिलले यस समूहबाट तीन खेलबाट दुई बराबरी र एक जितसहित पाँच अंक जोड्यो। ब्राजिल यो समूहको उपविजेता हो।

उरुग्वे समूह सी को विजेता बन्दै अन्तिम आठमा पुगेको थियो। अपराजित रहेको उरुग्वेले तीन खेलबाट शतप्रतिशत जित हासिल गर्दै नौ अंक जोड्यो। यी दुईबीचको खेल आइतबार बिहान  एलेजियन्ट स्टेडियममा हुनेछ।

प्रतिक्रिया