काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगो भएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य २० रुपैंयाले बढेर १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया