Pura Samachar

कोपा अमेरिका फुटबलमा भोलि शुक्रवारदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदै

प्रकाशित: July 4, 2024
पूरा समाचार

कोपा अमेरिका फुटबलमा भोलि शुक्रवारदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदै

काठमाण्डाै – कोपा अमेरिका फुटबलमा भोलि शुक्रवारदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदैछ ।

पहिलो क्वार्टरफाइनलमा भोलि बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र इक्वेडर खेल्दैछन् । यो खेल टेक्सासको एनआरडी स्टेडियममा हुनेछ । अर्जेन्टिना समूह ‘ए’ को विजेता बन्दै र इक्वेडर समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम–८ मा पुगेका हुन् ।

इक्वेडरले सन् २०१५ यता अर्जेन्टिनालाई हराउन सकेको छैन । पछिल्ला ५ खेलमा अर्जेन्टिनाले ४ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

यस्तै पर्सि बिहान पौने ७ बजे भेनेजुएला र क्यानडा खेल्दैछन् । यस्तै आउँदो आइतवार बिहान पौने ४ बजे कोलम्बिया र पनामा तथा त्यही दिन बिहान पौने ७ बजे उरुग्वे र ब्राजिल खेल्दैछन् ।

प्रतिक्रिया