Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

प्रकाशित: July 4, 2024
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । उनले विश्वासको मतको सामना गर्ने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“सरकारले राजीनामा पनि दिँदैन, ३० दिन काट्दैन । संवैधानिक, कानुनी व्यवस्थाअनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन, हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं,” शर्माले भनिन् ।

प्रतिक्रिया