Pura Samachar

आईजी स्टेडियमलाई सरकारले मर्मत गर्नुपर्ने स्थिति

प्रकाशित: July 5, 2024
पूरा समाचार

आईजी स्टेडियमलाई सरकारले मर्मत गर्नुपर्ने स्थिति

डा हरिमोहन पोखरेल

कोहिमा /नागाल्याण्ड राज्यको विश्व प्रसिद्ध खेलमैदानको रूपमा जानिने इन्दिरा गान्धी स्टेडियमको हालत दिन -प्रतिदिन खराब भएको कुरा चर्चामा आएको समाचार छ ।
प्राप्त समाचार अनुसार आजभोलि बर्खाको समयमा भने खेलमैदानमा पानी पस्ने र पानी चुहुने जस्ता गतिविधिहरुले गर्दा खेलाडीहरु समेत जखम हुन सक्ने कुरा चाल पाइएको छ ।
गत केही दिन अगाडी मात्र आईजी स्टेडियमको भ्रमण गरेको समयमा एक जना खेल प्रशिक्षकले बताए कि सरकारले सक्दो सहयोग नगरेको पनि होइन अनि फेरि पनि गर्नुपर्ने समय आएको छ ।
उनले अगाडी भने कि विभिन्न राज्यबाट यहाँ तालिमको लागि आउने गर्छन अनि तालिम पछीको प्रदर्सन पनि राम्रो हुने गर्छ ।
उनले अगाडी थपे कि समय अनुसार सरकारले उक्त खेलमैदानलाई आधुनिक रूपमा मर्मत गरिनुपर्छ ।जसको लागि सरकारले समयमा बजेट बनाएर ल्यानुपर्ने हुन्छ ।
उनले अगाडी थपे कि सरकारले चाहनु भने अझै पनि खेलका विभिन्न आयामहरु थप्न पनि सक्ने छ तर आधुनिक रूपमा विकसित गरिनुपर्ने छ ।
उनले अगाडि सरकारलाई अपिल गरे कि खेलमैदानको चाडो विकास होस र भविस्यमा हुने दुर्घटनाबाट बाहिर निस्किन सकियोस।
स्मरण रहोस आईजी स्टेडियमको हालतमा सुधार अवश्य आउने छ भन्ने आशा गर्न सकिन्छ तर सरकारले कहिले गर्ला भन्ने कुरा चाहिँ भन्न सकिएन ।

प्रतिक्रिया