Pura Samachar

जिम्बावेसँग भारत १३ रनले पराजित

प्रकाशित: July 6, 2024
पूरा समाचार

जिम्बावेसँग भारत १३ रनले पराजित

काठमाडौं । पाँच खेलको टी-२० आई सिरिजका लागि जिम्बावे भ्रमणमा रहेको भारतीय टोली १ सय २ रनमा नै अल आउट भएको छ ।

जिम्बावेले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको भारत १९ दशमलब ५ ओभरमा १ सय २ रनमा अल आउट भयो । योसँगै भारत १३ रनले पराजित हुँदै सिरिजमा १-० ले पछि परेको छ ।

भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा ३१ तथा आवेस खानले १२ बलमा १६ रन बनाए । वासिङ्टन सुन्दरले ३४ बलमा २७ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जिम्बावेका लागि सिकन्दर राजा र टेन्डी चताराले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

जिम्बावेका लागि क्लिभ मदन्दीले २५ बलमा अविजित २९ तथा डियन मेयर्सले २२ बलमा २३ रन बनाएका थिए ।

भारतका लागि रवि विष्नोईले चार तथा वासिङ्टन सुन्दरले दुई विकेट लिए ।

जितसँगै जिम्बावेले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

प्रतिक्रिया