काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । यससँगै सेयर बजार लगातार ५ दिन बढेको छ ।
आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २ हजार १४०.९७ विन्दुमा पुगेको छ । कारोबार अवधिभर ३२५ वटा कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६ अर्ब २ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ वटा उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने अन्य ३ वटाको घटेको छ । आज होटल समूह सबैभन्दा धेरै २.९६ प्रतिशतले बढेको छ । त्यस्तै, आज बैंकिङ समूह ०.७८ प्रतिशत, हाईड्रो ०.०१, लगानी १.८५, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन १.१७,लघुवित्त १.४६, म्युचुअल फण्ड ०.३२,निर्जीवन बीमा १.३२ र अन्य समूह २.२५ प्रतिशतले बढेको छ ।
आज विकास बैंक समूह, वित्त समूह र व्यापार समूह भने घटेको छ ।
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २१ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।
आज सीईडिसी हाइड्रोको सबैभन्दा बढी ५.२५ प्रतिशत सेयर मूल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया