Pura Samachar

हरिवन नगरपालिकाको शान ववरजंग थापाको १०४ बर्षको उमेरमा निधन

प्रकाशित: July 8, 2024
पूरा समाचार

हरिवन नगरपालिकाको शान ववरजंग थापाको १०४ बर्षको उमेरमा निधन

सर्लाही । हरिवन नगरपालिकाको शान ववरजंग थापाको आज निधन भएको छ ।
सामाजिक, एवं शैक्षिक व्यक्तित्व थापाको १०४ बर्षको उमेरमा निधन भएको हो ।

समाजिक, शैक्षिक, धार्मिक क्षेत्रमा अग्रसर थापाले आजको हरिवन निमार्णमा निकै ठूलो योगदा पुर्याउनु भएको थियो ।

आजको शिक्षित हरिवन वनाउन उहाँको योगदान ठूलो छ ।

उहाँको हरिवन नगरपालिकाका चर्चित सामुदायी विद्यालयहरु चतुर्भूजेश्वर जनता  मावि, महादेव जनता माविको स्थापनमा उल्लेखनिय योगदान गर्नु भएको थियो ।
त्यस्तै उहाँले चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसकाे स्थापनमा पनि ठूलो योगदान गर्नु भएको थियो ।

त्यस्तै उहाँले चतुर्भूजेश्वर महादेव मन्दिरको स्थापनमा पनि ठूलो योगदान गर्नु भएको थियो ।

प्रतिक्रिया