काठमाडौं । आइतबार ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउ सोमबार भने घटेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो ।
साताको पहिलो कारोबार दिन १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको कीर्तिमानी उचाई बनाएको थियो । तर, आज भने घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन १ लाख ४४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने स्थिर छ । आइतबार १ लाख ८९० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया