Pura Samachar

सेयर बजार १५.७९ अंकले वृद्धि

प्रकाशित: July 9, 2024
पूरा समाचार

सेयर बजार १५.७९ अंकले वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन भने सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार ४.६२ अंकले घटेर २ हजार १३६ दशमलव ३५ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो ।

तर, आज भने बजार १५.७९ अंकले वृद्धि भएको छ । आज बजार परिसूचक २ हजार १५२ दशमलव १४ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन फाइनान्स समूह ३.९४ अंक, होटेल तथा पर्यटन समूह १५.८१ अंक, उत्पादन तथा प्रशोधन समूह ३५.४८ अंक र व्यापार समूह ९.५५ अंकले घटेको छ । यी बाहेकका सबै समूहरु हरियाली बनेका छन् ।

आज बैंकिङ्ग समूह ६.०८ अंक, विकास बैंक १०८.९९ अंक, जलविद्युत समूह १३.५५, जीवन बीमा २७.५४, निर्जीवन बीमा ४८.६८, माइक्रोफाइनान्स १४२.६९, अन्य समूह १०.८७ अंकले वृद्धि भएको छ ।

बजारसँगै आज कारोबार रकम पनि बढोत्तरी देखिएको छ। उक्त दिन ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर किनेबच भएको छ ।आज सो कम्पनीको १९ करोड ७७ लाख ७५ हजार रुपैया बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १६ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, आज जानकी फाइनान्सको १३ करोड ५६ लाख ४४ हजार, ङादी ग्रुप पावरको १३ करोड १६ लाख १० हजार, ग्लोबल आइएमई लघुवित्तको १२ करोड ३५६ लाख ४३ हजार, र ग्लोबल आइएमई बैंकको ऋणपत्र ‘२०८४÷८५’ १२ करोड १ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया