Pura Samachar

पूर्वओपनर गौतम गम्भीर भारतीय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त

प्रकाशित: July 9, 2024
पूरा समाचार

पूर्वओपनर गौतम गम्भीर भारतीय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं। पूर्वओपनर गौतम गम्भीर भारतीय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआईं) का सचिव जय शाहले उनलाई नियुक्त गरिएको जानकारी दिएका हुन्।

गम्भीरको नाम घोषणा गर्दै जय शाहले भने, ‘भारतको मुख्य प्रशिक्षकका रूपमा गम्भीरको नाम घोषणा गर्न पाउँदा म निकै खुसी छु। म उनलाई टोलीको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्दछु।’

गम्भीरले राहुल द्रविडको स्थान लिनेछन्। आइसिसी टी–२० विश्वकप जितेसँगै द्रविडको कार्यकाल समाप्त भएको थियो। गम्भीर तीनवटै ढाँचामा प्रशिक्षक नियुक्त भएका हुन्।

जय शाहले यसअघि नै छुट्टाछुट्टै प्रशिक्षक नियुक्त नगर्ने बताएका थिए। गम्भीरको कार्यकाल साढे ३ वर्षको हुनेछ। बीसीसीआईले मे महिनामा आवेदन आह्वान गरेको थियो। त्यसपछि दुई जनाको परीक्षण गरिएको थियो। जसमा गम्भीरबाहेक भारतीय महिला टोलीका पूर्वप्रशिक्षक डब्ल्यूभी रमनको नाम पनि समावेश थियो। तर, अब जय शाहले गम्भीरको नाम घोषणा गरेका छन्।

प्रतिक्रिया