
काठमाडौं । सडक विस्तार र सुधारको काम भइरहेको पृथ्वीराजमार्गको मलेखु नौबिसे खण्ड आजदेखि साउन नौ गतेसम्म राति १० बजेदिखि तीन बजेसम्म पाँच घण्टा बन्द हुने भएको छ ।
पुलहरू निर्माणका लागि सडक बन्द हुन लागेको हो । यसअघि दुईवटा पुलका लागि गएको बुधबार र बिहिबार त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड राति १० बजेदेखि पाँच घण्टा बन्द भएको थियो ।
नागढ्ङ्गा मुग्लिन सडक योजनले मंगलबार निकालेको सुचनामा नौबिसे मलेखु सडक खण्डको गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको कामका लागि सडक बन्द हुन लागेको जनाएको छ ।
हेटौंडा हुँ दै काठमाडौं जााने त्रिभुवन राजपथ भने चालू नै रहने सडक योजनाको पूर्वी खण्डका सुचना अधिकारी रहेको इन्जिनियर तुलाकान्त चौधरीले जानकारी दिनुभयो।
सडक बन्द हुने समयमा एम्बुलेन्स र सुरक्षा निकायका गाडी बाहेक अरू सबै रोकिने छन् । सडक योजनाले वैकल्पिक सडक गल्छी, विदुर, छहरे टोखा मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया