Pura Samachar

पूर्वोत्तरमा पानी पर्न निरंतरता ,हाइवेको स्थिति खराब

प्रकाशित: July 10, 2024
पूरा समाचार

पूर्वोत्तरमा पानी पर्न निरंतरता ,हाइवेको स्थिति खराब

डा हरिमोहन पोखरेल

कोहिमा /गत केही दिन अगाडिबाट पुर्वोतरका विभिन्न राज्यहरुमा निरन्तर रूपमा पानी परेको र जनजीवन अस्त -व्यस्त भएको खबर छ ।प्राप्त समाचार अनुसार असमका विभिन्न स्थानहरुमा पानी धेरै परेर दस लाख भन्दा माथि जनजीवन प्रभावित भएको खबर छ ।
नागाल्याण्डमा भने पानीको निरन्तरताले नेसनल हाइवे -२९ का विभिन्न ठाउमा पहिरो गएर ज्यान समेत गएको खबर छ भने हाइवेको स्थिति भने अति दयनीय भएको छ ।
सोही रुपमा मणिपुर मिजोरम अनि त्रिपुरामा पानी निरन्तर रूपमा परेकोले जनजीवन प्रभावित भएको खबर पाइएको छ ।
मौसम विभागबाट प्राप्त जानकारी अनुसार आगामी केही सप्ताह सम्म पानी पर्ने छ ।
विभागले अगाडि जनाए अनुसार मानिसहरुले आफैं सतर्क रहनुपर्ने साथै आफ्नो ख्याल राख्नुपर्ने छ ।
विभागले अगाडि जनाए अनुसार समयको साथमा राज्य सरकारले एनडीआरएफ ,एसडीआरएफ र अन्य विभागहरुको तैनाती गरेर बस्नुपर्ने छ ।किनभने मानसुनको समय रहेकोले कहीं पनि केही हुन सक्ने भएको छ ।
विभागले अगाडि जनाए अनुसार मानिसहरुले विशेष नानीहरू माथि ध्यान दिनुपर्ने छ किनभने प बाढीपहिरोबाट जोगाउन मुस्किल हुने गरेको पाइन्छ ।

प्रतिक्रिया