काठमाडौं : कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छ।
पोखरा- १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। मृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।
सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया