Pura Samachar

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने

प्रकाशित: July 14, 2024
पूरा समाचार

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने विभागको पूर्वानुमान छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका केही  स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही  स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थान तथा कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही भागमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया