Pura Samachar

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनालाई

प्रकाशित: July 15, 2024
पूरा समाचार

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनालाई

काठमाडौं ।   कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० ले हराएको हो ।

अर्जेन्टिनाका लागि लौटोरो मार्टीनेजले ११२औं मिनेटमा निर्णायक गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रुपासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए ।

लिसान्द्रो मार्टीनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकल पश्चात सिर्जित मौकामा उनले गोल गरे ।

 

६६औं मिनेटमा कप्तान लियोनेल मेस्सीचोटका कारण मैदानबाट बाहिरिनु परेपनि  अर्जेन्टिनाले उपाधि  रक्षा गर्यो । एञ्जेल डि मारियाको अन्तिम खेलमा अर्जेन्टिनाले उपाधि जितेर उनको सुखद विदाइ गर्यो ।

१९९४ पश्चात कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो ।

फाइनलमा गोल गर्ने लौतारोले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।

प्रतिक्रिया