Pura Samachar

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च , तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ

प्रकाशित: July 16, 2024
पूरा समाचार

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च , तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो ।

यससँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो ।यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ । यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया