काठमाडौं । सेयर बजारमा रौनक कायमै छ । बुधवार पनि बजार ५४.०४ अंकले बढेको छ ।
साताको चौंथो कारोबार दिन बजार परिसूचक २ हजार २६४ दशमलव ६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार पनि परिसूचक ७०.१८ अंकले २३१०.५९ बिन्दुमा पुगेको छ ।
कारोबारमा पनि उछाल आएको छ । बुधवार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।अघिल्लो दिन ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, बुधवार भने ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको हो ।
उक्त दिन सिंगटी हाइड्रो इनर्जीको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको २घ करोड ५५ लाख ८१ हजार बरारबको सेयर किनबेच भएको हो ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २२ करोड ७१ लाख, सोनापुर मिनिरल्सको २० करोड ३५ लाख, हिमाल दोलखाको २० करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया