बूढानिलकण्ठ नगरपलिका वडा -२ सुन्दरटारमा मोटर बाइक दुर्घटना हुँदा बाइक चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। तिब्र गतिमा आएको प्रदेश न ३ -००४ प ३९६८ को होण्डा एक्स ब्लेड बाइक सुन्दरटारको टर्निङ्गमा नियन्त्रण भन्दा बाहिर गए पछि दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
बाइक चालक वडा -१३ चुनिखेल निवासी बर्ष २० को समिर श्रेष्ठको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने पछाडी सवार बर्ष १९ को पुजन श्रेष्ठ घाईते भएका छन। हाल उनको करुणा अस्पतालमा उपचार भईरहेको छ l मृत्यु भएका चालकको पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लागिएको जानकारी बूढानिलकण्ठ प्रहरी प्रभाग प्रमुख प्र. नि राजकुमार तामाङ्गले दिनु भएको छ।
उक्त क्षेत्रमा स्पिड ब्रेकर नभएका कारण चालकहरुले सवारी साधन तिव्र गतिमा कुदाउने गरेको पाइएको छ। गत महिनामा पनि सोहि स्थानमा ३-४ वटा दुर्घटना भईसकेको छ l, सम्भावित दुर्घटना न्यूनीकरणका लागि बूढानिलकण्ठ नगरपालिका -२ का जन प्रतिनिधिहरु संग छलफल गरि उक्त स्थानमा स्पिड ब्रेकर ठाउँ ठाउँमा राख्न तत्काल पहल गर्ने प्रभाग प्रमुख तामंगले बताउनु भएको छ।
प्रतिक्रिया