Pura Samachar

इंग्ल्यान्डले वेस्ट इन्डिज विरुद्धको तीन खेलको टेस्ट सिरिज अन्तिम खेल अगावै जित्यो

प्रकाशित: July 22, 2024
पूरा समाचार

इंग्ल्यान्डले वेस्ट इन्डिज विरुद्धको तीन खेलको टेस्ट सिरिज अन्तिम खेल अगावै जित्यो

इंग्ल्यान्डले वेस्ट इन्डिज विरुद्धको तीन खेलको टेस्ट सिरिज अन्तिम खेल अगावै जितेको छ। दोस्रो टेस्टमा इंग्ल्यान्ड २ सय ४१ रनले विजयी हुँदै सिरिजमा २-० को अग्रता बनायो। अब तेस्रो तथा अन्तिम खेल बर्मिङ्घममा २६ जुलाईमा सुरु हुनेछ। यसअघि इंग्ल्यान्डले पहिलो टेस्ट इनिङ र १ सय १४ रनले जितेको थियो।

आइतबार राति दोस्रो टेस्टअन्तर्गत चौंथो दिन ३ सय ८५ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १ सय ४३ रनमै अलआउट भएको थियो। कप्तान क्रेग ब्रेथवेटले सर्वाधिक ४७ रन बनाउँदा जेसन होल्डरले ३७ रन बनाएका थिए। इंग्ल्यान्डका लागि शोएब बशीरले ५ विकेट लिँदा क्रिस वोक्स र गुस एटकिन्सले २-२ विकेट लिए।

त्यसअघि दोस्रो इनिङ्समा जो रुट र ह्यारि ब्रुक्सले शतकीय इनिङ खेलेका थिए। जो रुटले १ सय २२ रन बनाउँदा ह्यारी ब्रुक्सले १ सय ९ रन बनाएका थिए। त्यस्तै, बेन डकेटले ७६ र ओली पपले ५१ रन बनाउँदै ४ सय २५ रनको उच्च स्कोर बनाउँदै समग्रमा ३ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्डले दिएको ४ सय १६ रन बनाएको थियो। जवाफमा वेस्ट इन्डिजले ४ सय ५७ रन बनाउँदै ४१ रनको अग्रता लिएको थियो। तर दोस्रो इनिङमा पनि उच्च लयमा देखिएको इंग्लिस टिम विरुद्ध पहिलो इनिङको प्रदर्शन दोहोर्‍याउन वेस्ट इन्डिज असफल भयो।

प्रतिक्रिया