Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले बढयाे

प्रकाशित: July 23, 2024
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले बढयाे

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंक अर्थात् ३ दशमलव ०३ प्रतिशतले बढेर २ हजार ५६३ दशमलव ४३ को बिन्दु कायम भएको हो। आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर १ लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५ दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक ४ दशमलव ४५ प्रतिशतले बढेको छ।

६ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ। गणपतिको शेयर मूल्य ५ दशमलव ८३ प्रतिशतले घटेको हो।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २४ करोड ६९ लाख २३ हजार ७९२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–२ को १६ लाख २ हजार ८३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया