Pura Samachar

हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक

प्रकाशित: July 25, 2024
पूरा समाचार

हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक

डा हरिमोहन पोखरेल

कोहिमा /कोहिमाको हाईस्कुल खेलमैदानको स्थिति अत्यन्त निराशापुर्ण रहेको र पानी परेको बेला भने अझै गम्भीर रहेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार उक्त खेलमैदानको रखरखाव भने समय अनुसार सरकारले सहयोग नगरेको कुरा पनि सामने आएको छ ।
केही प्रत्यक्षदर्शीले बताए अनुसार सरकारले आउने दिनहरुमा अन्य खेलमैदान सरह यसको पनि पुनर्निर्माण र आधुनिक रूपमा विकसित गर्नुपर्ने कुरा गरेका छन ।
उनीहरूले अगाडी बताए कि आज सरकारले सा-सानो ठाउमा खेलमैदानको निर्माण गर्दै आएकोले यसको पनि पुनर्निर्माण गरिनु पर्ने र प्रयाप्त रूपमा धनराशि खर्च गरेर काम अगाडी बढनुपर्ने कुरा गरेका छन ।
उनले अगाडि भने कि विशेष गरेर पानी परेको समयमा भने गम्भीर रहेकोले गर्दा दुर्घटना हुन सक्ने कुरा पनि गरेका छन ।
हेर्दै जाउ सरकारले कहिले सम्म हाईस्कुल खेलमैदानको स्थितिमा सुधार गर्ला त्यो त आउने भविस्यले बताउला ।

प्रतिक्रिया