हेटौँडा । आफुले बुझाएको राजिनामा स्विकृत भएपछि निकै असन्तुष्ट बनेकी मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले सामजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस सार्वजनिक गरेकी छिन् ।
उनले स्टाटस मार्फत आफ्नो कुरा आफैलाई गुमराहमा राखेर आफु नभएको मौकामा राजिनामा स्विकृत गरिएको संकेत गरेकि छिन् ।
उनले लेखेकी छिन : एउटा फाँसिको सजाय पाएको अभियुक्तलाई त मार्नु अघि तेरो अन्तिम इच्छा के छ भनेर सोधिन्छ भने मेरो कुरा मलाइ नै गुमरामा राखेर कार्यालयमा आउने हिम्मत समेत नगरि १ कर्मचारी प्रयोग गरि निर्वाचन आयोगदेखि देशव्यापी रुपमा गरिएको म विरुद्धको कदम म १ जना महिला विरुद्ध हैन आम नेपालि दिदिवहिनिहरुको खिल्लि उडाएको हो ।
यस्तो छ उनको पुरा स्टाटस :
हिजो राणा शासनको अन्त्य गर्नुपर्छ भनियो लाखौलाइ आन्दोलनमा होमियो हजारौँले ज्यान आहुति दिए क्रमस पँचायत ढालियो। राजा फालियो अनि प्रजातन्त्र आयोरे लोकतन्त्र आयो रे अहिले हामि गणतन्त्र नेपालको शासन सत्ता चलाइरहेको छौँ व्यवस्था मात्र फालिएको अवस्थामा परिवर्तन गर्नुपर्छ भनेर आवाज उठाउदै कार्यान्वयन गर्नुपर्छ भन्दा मान्छे नै फाल्न दुस्प्रयास गर्ने राजाहरुको अन्त्य हुन्छ कि ? फेरि उहि गणतन्त्रको खोलओडेका तनासाहको जालमा फस्ने हो आम नागरिक सचेत हुन जरुरि छ एउटा फाँसिको सजाय पाएको अभियुक्तलाई त मार्नु अघि तेरो अन्तिम इच्छा के छ भनेर सोधिन्छ भने मेरो कुरा मलाइ नै गुमरामा राखेर कार्यालयमा आउने हिम्मत समेत नगरि १ कर्मचारी प्रयोग गरि निर्वाचन आयोगदेखि देशव्यापी रुपमा गरिएको म विरुद्धको कदम म १ जना महिला विरुद्ध हैन आम नेपालि दिदिवहिनिहरुको खिल्लि उडाएको हो विशेष गरि मनहरी वासि आम महिलाहरुको घोर अपमान हो मलाइ वुझ्ने चिन्नेले राम्रोसँग चिनेकाछन। मेरो पद खानखोज्नेले खावस मलाइ खान त सकिदैन मेरो शुभदिनको सुरुवात हो भोलि जनताको माझमा पस्किनेछु। मेरो लागि यतिधेरै गुनलाउनेलाइ वाचुन्जेलको अविस्मरणीय सम्झना रहनेछ।
गत मंसिर २९ गते उनले गाउँपालिकाको अध्यक्षलाई संवोधन गरेर राजिनामा बुझाएकि थिईन् भने गाउँपालिकाले उनको राजिनामा पुस १७ गते स्विकृत गरेको थियो । तर विष्टले आफुले राजिनामा नदिएको र आफुलाई फसाउन खोजिएको आरोप लगाएकि छिन् ।
प्रतिक्रिया