Pura Samachar

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित: July 26, 2024
पूरा समाचार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ / शुक्रबार पनि सुनचाँ*दीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेकोमा शुक्रबार घटेर १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँबाट घटेर १ लाख ४४ हजार रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । यता, चाँदी प्रतितोला १ हजार ७ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि भने चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया