Pura Samachar

ब्राजिलसँगै अमेरिका र स्पेनले विजयी सुरुआत

प्रकाशित: July 27, 2024
पूरा समाचार

ब्राजिलसँगै अमेरिका र स्पेनले विजयी सुरुआत

पेरिस । पेरिस ओलम्पिकको महिला फुटबलमा उपाधि दाबेदार ब्राजिलले विजयी सुरुवात गरेको छ । ब्राजिलले नाइजेरियालाई १-० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा गाबी नुनेसले खेलको ३७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

नाइजेरियाले आइतबार महिला विश्वकप विजेता स्पेनको सामना गर्दैछ । समूहचरणको दोस्रो खेलमा जापानसँग प्रतिस्पर्धा गर्दा ब्राजिलले अर्को चरणमा स्थान बनाउने प्रयास गर्नेछ ।

यस्तै, ब्राजिलसँगै अमेरिका र स्पेनले विजयी सुरुआत गरेका छन् । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जापानलाई २-१ ले हरायो । पुनरागमन जितमा ऐटना बोनमती र मारिओना काल्डेन्टीले समान एक गोल गर्नुभयो । यसअघि आओबा फुजिनोले जापानलाई अग्रता दिलाउनुभएको थियो ।

अमेरिकाले दश खेलाडीमा सीमित जाम्बियालाई ३-० ले हरायो । अमेरिकाको जितमा मालोरी स्वानसनले दुई तथा ट्रिनिटी रोडम्यानले एक गोल गर्नुभयो । यस्तै, अन्य खेलमा फ्रान्सले कोलिम्बियालाई ३-२ र क्यानाडाले न्युजिल्यान्डलाई २-१ तथा जर्मनीले अस्ट्रेलियालाई ३-० ले हराए । एजेन्सी ।

प्रतिक्रिया