Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: July 30, 2024
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं :  स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ४० निर्धारण भएको छ।

 

प्रतिक्रिया