Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: July 31, 2024
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया