काठमाडौं। ब्राजिल पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको समूहचरणबाटै बाहिरिएको छ।
बुधबार राति भएको समूहचरणको तेस्रो खेलमा स्पेनसँग २–० ले पराजित भएपछि ब्राजिलको यात्रा टुंगिएको हो।
कप्तान मार्टाले रातो कार्ड पाएपछि ब्राजिल ४५औं मिनेटमा १० खेलाडीमा समेटियो। स्पेनले त्यसको फाइदा दोस्रो हाफमा उठायो । ६८औं मिनेटमा एथेनिया डे कास्टिल्लो गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
इन्जुरी समयको १४औं मिनेटमा एलेक्सिया पुटेल्लासले गोल गर्दै स्पेनको सहज जित दिलाइन्। योसँगै स्पेन क्वार्टरफाइनलमा पुग्यो। यसै समूहमा जापानले नाइजेरियामाथि ३–१ को जित निकाल्दै समूहको दोस्रो स्थानमा रहेर क्वार्टरफाइनल स्थान बनाएको छ।
प्रतिक्रिया