हुम्ला । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । सिमकोट विमानस्थलमा जमेको हिउ पन्छाउनको लागि ल्याइएको स्नो पुलरले विमानस्थलमा जमेको हिउँ पन्छाएपछि जहाले उडान भरेका हुन् ।
आइतबार बिहान नेपालगञ्जबाट उडान भरेको तारा एयरको जहाज सिमकोट बिमानस्थलमा अवतरण गरेपछि जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि उडान भर्न सकेको थिएन भने अर्को जहाज ब्याट्रि मर्मतका लागि प्राविधिक टोली लिएर सिमकोट आएको थियो ।
आइतबार जहाजको मर्मत कार्य सकिएको भए पनि हिमपात हुँदा उडान भर्न नसकि सिमकोट विमानस्थलमै रोकिएका सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।
आइतबार दिउँसोदेखि भएको हिमपातले सिमिकोट विमानस्थलमा रहेका तारा एयरका जहाज हिमपातले विमानस्थलमा रोकिएका जहाज सिमकोट विमानस्थलमा रहेको स्नो पुलरले विमानस्थलमा जमेको हिउँ पन्छाएपछि सोमबार दिउँसो साढे १२ बजे हिमपातका कारण सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले नेपालगंजका लागि उडान भरेको सिमिकोट विमानस्थका प्रमुख अधिकारीले बताए उडान भरेका छन् ।
हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ ।
अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमिकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ । आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ ।
हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ । आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ ।
हिमपात भएसँगै तापक्रम माईनसमा झर्दा जाडो अत्याधिक बढेको छ । हिमपात हुँदा हुम्लालगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित भएको छ भने लामो समय देखि वर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् ।
प्रतिक्रिया