काठमाडौं : सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् ।
नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो दिन कोर्टमा उत्रिन लागेको हो।
शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
नेपालले पहिलो खेलमा श्रीलंकालाई २५-१९, २५-१८, २५-१९ ले हराएको थियो। नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिता साउन २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ।
प्रतिक्रिया