
डा. डी.आर उपाध्याय खनाल
आज मुलुकको राजनीति आलोपालो तीन प्रमुख दलका शीर्ष नेताहरूको वरिपरिमात्र घुमिरहेको छ । के यसले मुलुकको भविष्य बनाउने बाटो कोरेको छ त ? के आमजनताको अपेक्षा पूरा गरेको छ त ? यी तीन दलबाट जनताले थप आश के गर्नुपर्ने ? यी गम्भीर प्रश्न तेर्सिएका छन् । यी प्रश्नको जवाफ दिन कुनै दल तयार छैनन् । दल र नेता विशेषको स्वार्थानुरूप गठबन्धन बन्ने–भत्किने क्रम विगतदेखि जारी छ । अझै कति जारी रहने हो कुनै ठेगान छैन । तीन दल–नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीका कारण मुलुक अघि बढ्न सकेको छैन । नेपाली जनता लामो समयदेखि गरिबीको रेखामुनि छन् । गरिबीबाट आर्थिक रूपमा माथि उठ्न सकेनन् ।
यसको दोषी प्रमुख दलहरू हुन् । प्रमुख तीन दलले यसको जिम्मेवारी लिनुपर्छ । लामो समयदेखि शासनसत्ता चलाउने अनि जनतालाई गरिबीको रेखामुनि राख्ने यो सुवाउने कुरा भएन । नेपाली जनता ठूलो समस्यासँग जुध्दै छन् तर पनि बिहान बेलुका राम्रोसँग चोखो–मीठो खान पाएका छैनन् । यो देशको समस्या हो । राजनीति गर्ने नेताहरू इमानदारी नभएपछि सबै कुरा आफैं बिग्रदै जाँदो रहेछ । राजनीति पनि बिस्तारै–बिस्तारै बिग्रँदै गएको छ । हिजो जस्तो निष्ठा र त्यागको राजनीति आज छैन । राजनीतिबाट लाभ लिनेहरू आज मालामालमा छन् ।साभार हिमालय टाईम्स
प्रतिक्रिया