Pura Samachar

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित

प्रकाशित: August 8, 2024
पूरा समाचार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित

काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ। समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो। सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो।

प्रतिक्रिया