Pura Samachar

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटनामा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु

प्रकाशित: August 10, 2024
पूरा समाचार

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटनामा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु

ब्राजिलको साओ पाउलोमा ६२ जना सवार विमान दुर्घटना भएको छ। विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलोका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको हो।  स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुर्घटनामा कुनै यात्रुको जीवितै उदुधार गर्न सम्भव भएन।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ।
विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन।

प्रतिक्रिया