Pura Samachar

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

प्रकाशित: August 11, 2024
पूरा समाचार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।

बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया