Pura Samachar

मणिपूरमा आज सहिद दिवस पालन

प्रकाशित: August 13, 2024
पूरा समाचार

मणिपूरमा आज सहिद दिवस पालन

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यको इम्फाल स्थित हाइचम -याइचममा आज सहिद दिवस पालन गरिएको समाचार छ ।
प्राप्त समाचार अनुसार राज्य सरकारले गरेको आयोजनामा सन् 1891एङलो -मणिपुरी लडाइँमा शहीद भएका वीरहरु थाङगाल जेनेरल निरन्जन सुबेदार र काजाउलाई पुष्प अर्पण गरिनु साथै गार्ड अफ ओनर सम्म अर्पण गरियो ।
समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि आज शहीदहरुले आफ्नो बलिदान दिएर नै यो देश बाचेको छ ।
उनले अगाडी थपे कि सरकारले आफ्नो स्तरबाट शहीदहरुको खोजी शोध तथा अनुसन्धानको काॠ गरि रहेको छ ।देशको योगदानमा शहीदहरु हाम्रो लागि प्रेरणाका स्रोत हुन ।
उनले अगाडि थपे कि देशको स्थिति जे -जस्तोसुकै भए पनि हामीले हाम्रो शहीदहरु भुल्नु हुदैन ।

प्रतिक्रिया